सानिमा बैंकको नाफा अर्ब नजिक, सनराइजको ३४% ले बढ्यो, सानिमा बैंकको सन्तुलित ब्यापार

बिजमाण्डू
२०७५ माघ १६ गते १०:२८ | Jan 30, 2019
सानिमा बैंकको नाफा अर्ब नजिक, सनराइजको ३४% ले बढ्यो, सानिमा बैंकको सन्तुलित ब्यापार


काठमाडौं। सानिमा बैंकले चालु आर्थिक बर्षको छ महिनामा १८.२५ प्रतिशतले नाफा बढाएको छ भने सनराइज बैंकले ३४ प्रतिशतले बढाएको छ। 
सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। नियामकीय समायोजनपछि भने ९४ करोड ९९ लाख रुपैयाँ छ। 

Tata
GBIME
Nepal Life

निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको सानिमा बैंकको व्याज खर्च र व्याज आम्दानीमा पनि सन्तुलन देखिएको छ। बैंकले खुद व्याज आम्दानी ४१ प्रतिशतले बढाएर एक अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ। 

पुससम्ममा बैंकले ८५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। ऋण विस्तार २६ प्रतिशतले बढेको छ भने निक्षेप २५ प्रतिशतले बढेको छ। 

आधार ब्याज दर झिनो अंकले घटाएर ९.७५ प्रतिशत छ। प्रति शेयर आम्दानी तीन रुपैयाँले सुधार गर्दै २४.५५ रुपैयाँ रहेको छ। खराव कर्जा ०.२१ प्रतिशतले बढेर ०.२४ प्रतिशत पुगेको छ।

विवरण (रु.०००)

सानिमा बैंक

बृद्धि (%)

पुस २०७५

पुस २०७४

एनएफआरएस अनुसार नाफा

982085

830527

18.25

नियामकिय नाफा

949979

808320

17.53

व्याज आम्दानी  

5069684

3694954

37.21

व्याज व्याज खर्च

3160244

2340703

35.01

खुद व्याज आम्दानी

1909440

1354251

41.00

निक्षेप संकलन

85680841

68500415

25.08

ऋण लगानी

77226975

61239813

26.11

चुक्ता पूँजी

8001255

8001255

0.00

जगेडा कोष

2643851

2038671

29.69

आधार व्याजदर

9.75

9.71

0.04

प्रति शेयर आम्दानी रु.

24.55

20.76

3.79

स्प्रेड दर

4.23

4.18

 

पूँजीकोष अनुपात

12.81

13.1

 

खराव कर्जा

0.24

0.03

 

सनराइज बैंक 
सनराइज बैंकले पुससम्ममा ७९ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ। नियामकीय समायोजनपछि लाभांस बाड्न योग्य नाफा भने ७२ करोड ६१ लाख रुपैयाँ रहेको छ। 

खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएर एक अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ। ६ महिनाको अवधिमा बैंकले ७६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ७५ करोड रुपैयाँ ऋण विस्तार गरेको छ। 

आधार व्याजदर ०.३३ प्रतिशत विन्दुले घटाएर १०.६३ प्रतिशतमा झारेको छ। खराव कर्जा पनि ०.३९ प्रतिशत विन्दुले सुधार गर्दै १.२६ प्रतिशतमा झारेको छ। प्रति शेयर आम्दानी ५ रुपैयाँले सुधार हुँदा १९.४५ रुपैयाँ पुगेको छ। 

विवरण (रु.०००)

सनराइज बैंक

बृद्धि (%)

पुस २०७५

पुस २०७४

एनएफआरएस अनुसार नाफा

792754

587559

34.92

नियामकिय नाफा

726155

587559

23.59

व्याज खर्च

2774137

2295964

20.83

व्याज आम्दानी

4495546

3570463

25.91

खुद व्याज आम्दानी

1721409

1274499

35.07

निक्षेप संकलन

76062607

63269277

20.22

ऋण लगानी

67753770

56241791

20.47

चुक्ता पूँजी

8152556

8152556

0.00

जगेडा कोष

4106130

2100536

95.48

आधार व्याजदर

10.63

10.96

-0.33

प्रति शेयर आम्दानी रु.

19.45

14.41

5.04

स्प्रेड दर

4.31

4.2

 

पूँजीकोष अनुपात

12.9

14.26

 

खराव कर्जा

1.26

1.65