नबिल र इन्भेष्टमेन्ट बैंकको प्रतिस्पर्धामा एनआइसी एसिया पनि मिसियो, नाफामा भने पछाडि

बिजमाण्डू
२०७५ माघ १६ गते १५:५१ | Jan 30, 2019
नबिल र इन्भेष्टमेन्ट बैंकको प्रतिस्पर्धामा एनआइसी एसिया पनि मिसियो, नाफामा भने पछाडि

काठमाडौं। नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने गरेको प्रतिस्पर्धामा एनआईसी एशिया बैंक पनि मिसिएको छ। नाफामा केही तल रहे पनि ब्यापार बिस्तारमा एनआइसी एसियाले नबिल र इन्भेष्टमेन्ट बैंकलाई उछिनिसकेको छ।

Tata
GBIME
Nepal Life

नबिल बैंकले छ महिनाको अवधिमा सबैभन्दा धेरै दुई अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ। दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफाको अन्तर ७ करोड रुपैयाँ मात्रै थियो। यो वर्ष भने नबिल २० करोड १२ लाख रुपैयाँले अगाडि छ। 

नाफाको हिसावले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंक धेरै नै अगाडि देखिए पनि व्याज आम्दानीका हिसावले एनआईसी एशिया माथि आएको छ। नबिलको व्याज आम्दानी ७ अर्ब ३२ करोड रुपैयाँ छ भने एनआईसीको ९ अर्ब रुपैयाँ नाघेको छ। तर ब्याज खर्च अधिक हुँदा एनआईसी एशिया पछाडि परेको छ। 

नबिल र इन्भेष्टमेन्ट बैंकको कोषको लागत (कष्ट अफ फण्ड) कम छ। इन्भेष्टमेन्टभन्दा पनि नबिलको अझ कम छ। यसो हुँदा उसको ब्याज खर्च कम हुन्छ। नयाँ आएका बैंकहरुले महँगोमा निक्षेप उठाउने भएकाले उनीहरुको कोषको लागत महँगो पर्छ र ब्याज खर्च बढि देखिन्छ।

शाखा विस्तारमा एनआईसी एसियाले सबैलाई उछिनिसकेको छ। निक्षेप र ऋण लगानीमा आक्रामक एनआईसी एशियाको व्यवस्थापन खर्च उच्च भएकाले नाफामा तल परेको छ। 

निक्षेप संकलन र ऋण 
तीन बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशियाको निक्षेप संकलन एक खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। एनआईसीको तुलनामा निक्षेप संकलन नबिल बैंकको २६ अर्ब ३८ करोड रुपैयाँले कम छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप छ। 

ऋण लगानीका हिसावले एनआईसी एशिया १८ अर्ब ५९ करोड रुपैयाँले अगाडि छ। एनआईसीको ऋण लगानी एक खर्ब ४९ अर्ब रुपैयाँ छ भने नबिलको एक खर्ब ३० अर्ब रुपैयाँ छ।

 

बैंक (रु. ०००)

नाफा

बृद्धि (%)

पुस २०७५

पुस २०७४

नबिल बैंक

2176861

1837785

18.45

नेपाल इन्भेष्टमेन्ट बैंक

1975571

1830485

7.93

एनआईसी एशिया बैंक

1511459

571794

164.34

 

विवरण (रु.०००)

पुस २०७५

नबिल बैंक

नेपाल इन्भेष्टमेन्ट

एनआईसी एशिया

एनएफआरएस अनुसार नाफा

2176861

1975571

1511459

नियामकीय नाफा

2045047

1726530

1260225

व्याज आम्दानी

7325065

7607865

9656182

व्याज खर्च

3713710

4294630

6048565

खुद व्याज आम्दानी

3611355

3313235

3607617

निक्षेप संकलन

149382011

142106652

175764356

ऋण लगानी

130710675

127416902

149303944

चुक्ता पूँजी

8043221

12589907

8834229

जगेडा कोष

14523753

11977403

4411258

आधार व्याजदर (%)

7.94

8.96

9.33

प्रति शेयर आम्दानी (रु)

54.13

31.38

34.22

स्प्रेड दर (%)

4.77

4.24

4.98

पूँजीकोष अनुपात (%)

11.95

11.9

11.97

खराव कर्जा (%)

0.62

2.04

0.3

 

गत वर्ष तीन वैंकको वित्तीय अवस्था


विवरण (रु.०००)

पुस २०७४

नबिल बैंक

नेपाल इन्भेष्टमेन्ट

एनआईसी एशिया

एनएफआरएस अनुसार नाफा

1837785

1830485

571794

नियामकीय नाफा

1837785

1830485

571794

व्याज आम्दानी

5225501

6394564

5554882

व्याज खर्च

2289856

3708937

4009859

खुद व्याज आम्दानी

2935645

2685627

1545023

निक्षेप संकलन

121289801

129845324

120467013

ऋण लगानी

102938161

113671155

100954924

चुक्ता पूँजी

8043221

10626436

8031117

जगेडा कोष

7855328

9911933