शंकर समूह चार पाङ्ग्रे गाडीको व्यापारमा पनि, मलेसियाको प्रोटोन गाडीको नेपालको अधिकृत बिक्रेता

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ माघ १७ गते १०:१३ | Jan 31, 2019
शंकर समूह चार पाङ्ग्रे गाडीको व्यापारमा पनि, मलेसियाको प्रोटोन गाडीको नेपालको अधिकृत बिक्रेता


काठमाडौं। शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन ब्राण्ड ‘प्रोटोन’ गाडीको नेपालको अधिकृत बिक्रेता बनेको छ। दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएको यो समूह अब चार पाङ्ग्रे गाडीको व्यापारमा समेत प्रवेश गरेको छ।

Tata
GBIME
Nepal Life

‘प्रोटोन गाडीको नेपालको आधिकारिक बिक्रेताको सम्झौता भइसकेको छ। सबै प्रकृया पूरा गरेर गाडी बिक्री सुरु हुन भने केही समय लाग्छ।’ शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले बिजमाण्डूसँग भने।

जगदम्बा मोटर्सले अपाचे वाइक बिक्री गर्दै आएको छ। उनले मलेसियामा उत्पादन भएका लेटेस्ट गाडी नेपाल ल्याएर बिक्री गर्ने बताए। यसअघि प्रोटोन गाडी कन्ष्ट्यान्ट विजनेश ग्रुपले बिक्री गरेको थियो। ०६६ सालमा नक्सालमा शोरुमनै स्थापना गरेर जेन-२,पेर्सोना र स्याभ्भी मोडल बिक्री गर्दै आएको यो कम्पनीले पछिल्लो समयमा भने गाडी बिक्री गरेको थिएन।

कन्स्ट्यान्ट बिजनेश ग्रुपमा नेपाल चेम्बर अफ कमर्शका राजेशकाजी श्रेष्ठ, गोल्छा समूहका लोकमान्य गोल्छा र चेम्बरकै दीपककाजी तुलाधरको लगानी थियो। प्रोटोनले समयमा स्पेयर्स पार्ट्स नदिएपछि गाडी बिक्रीनै बन्द भएको थियो। यो समूहले पछि कोरियाको स्याङयोङ ब्राण्डको गाडी बिक्री सुरु गरेको थियो। स्याङयोङ पनि अहिले आइएमएस मोटर्सले बिक्री गर्दै आएको छ।

कम्पनीले चार महिना अघि स्पोर्ट युटिलिटी भेहिकल(एसयुभी) सिरिजको पहिलो गाडी 'एक्स७०' विश्वबजारमा ल्याएको थियो। एक्स ७० को इन्ट्री लेभल स्ट्याण्डर्ड(टु डब्लु डि) मिड रेन्ज एक्जेक्युटिभ( टु डब्लु डी एण्ड ए डब्लुडी) र प्रिमियम (टु डब्लुडी) लगायत चार भेरियन्ट छ।

एक्स ७० एडब्लुडी(अटोमेटिक व्हिल ड्राइभ) र प्रिमियम भेरियन्टका गाडीमा १८ इन्चको चक्का रहेको र २२५/६० सिरीजका टायर जडान गरिएको छ।

१.८ लिटर टर्बोचार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन(टीजिडीआइ) इन्जिनयुक्त गाडीमा इको र स्पोर्ट ड्राइभिङ मोड रहेको छ। गाडीमा एक सय ८१ हर्सपावर र दुई सय ८५ न्युटन मिटरको टर्क रहेको छ भने छ वटा अटोमेटिक गियर स्पिड रहेको छ। गाडीमा प्याडल सिफ्टर नदेखिने कम्पनीले जनाएको छ।