कुमारी बैंकका भिसा क्रेडिट कार्ड बोक्ने ग्राहकलाई इकमर्स सुविधा, सुरक्षा प्रत्याभूति बढाइयो

बिजमाण्डू
२०७५ माघ २२ गते १२:२८ | Feb 5, 2019
कुमारी बैंकका भिसा क्रेडिट कार्ड बोक्ने ग्राहकलाई इकमर्स सुविधा, सुरक्षा प्रत्याभूति बढाइयो

काठमाडौं। कुमारी बैंक लिमिटेडले भिसा क्रेडिट कार्डहोल्डरहरुलाई इ–कमर्स कारोबारहरु गर्न सक्ने  सुविधा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा प्रत्याभूत गरिएको छ। 

कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा इ–मेल वा एसएमएसबाट “वान टाइम पासर्वड” प्राप्त गर्ने छन्। यसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ। अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैंकले जनाएको छ। 

यो सुरक्षा प्रणाली कार्यान्वयनपछि बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा उपभोक्ताको भरोसा बढ्ने विज्ञप्तिमा उल्लेख छ। कार्डहोल्डरहरुले कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको पासवर्ड पाउन सक्छन्।