टेलिकममा रणनीतिक साझेदार नल्याउने संचारमन्त्रीको घोषणा, 'हात्तीलाई घाँस खुवाएर साद्धे चल्छ'





काठमाडौं। संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने बताएका छन्। रणनीतिक साझेदारका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन भइरहेका बेला उनले रणनीतिक साझेदार आवश्यक नरहेको मन्त्रीको तर्क छ।

उनले टेलिकमको १५औं वार्षिकोत्सवमा भने,'विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई घाँस खुवाए बराबर हो। हात्तिलाई घाँस खुवाएर साद्धे चल्छ? त्यसै कारण नेपाली जनताको सम्पत्ति जनतालाई नै बाँड्नेछौं।' उनले फोरजी सम्झौंताकै आधारमा टेलिकमका कर्मचारीलाई उत्ताउलो नबन्न समेत सुझाब दिए।'एउटा फोरजी परियोजनाको सम्झौता भयो भन्दैमा नउम्लिए हुन्छ। फोरजीसँगै अप्टीकल फाइबर, एफटिटिएच लगायत विभिन्न पुर्वाधार तयार पार्न बाँकी नै छ।' उनले भने।
TATa
Swostik Collage


टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइल र तारसहितको सेवामा नयाँ प्रविधिमार्फत अझै गुणस्तरीय सेवामा रुपान्तरण गर्ने प्रतिवद्धता जनाए।नेपाल दुरसंचार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले सीम विक्रीमा मात्रै आक्रामक नभएर सेवामा समेत आक्रामक बन्न सुझाब दिए।


Share this Story

   

टेलिकममा रणनीतिक साझेदार नल्याउने संचारमन्त्रीको घोषणा, 'हात्तीलाई घाँस खुवाएर साद्धे चल्छ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.