१५ औं वर्ष प्रवेशमा टेलिकमको अफर प्याकेज, चाइना कलमा यस्तो सुविधा, के के छन् सित्तैमा

बिजमाण्डू
२०७५ माघ २२ गते १७:३५ | Feb 5, 2019


काठमाडौं। नेपाल टेलिकमले १५औं वर्ष पूरा गरेको अवसरमा ग्राहकलाई नौवटा आकर्षक अफर ल्याएको छ। अब टेलिकमका ग्राहकले एक महिना 'माघ २२ गते देखि फागुन २२ गते' सम्म मोवाइल एप डाउनलोड र रजिष्ट्रेशन गर्दा एक सय एमबी डाटा प्राप्त गर्न सक्नेछन्।

Tata
GBIME
Nepal Life

जीएसएम पोस्टपेड ग्राहकले नौ सय रुपैयाँको प्याकेजमा दुई जीबी अल टाइम डाटा, पाँच सय रुपैयाँको फ्री रिसोर्स प्राप्त गर्न सक्नेछन्।
माघ २३ गतेदेखि फागून आठ गतेसम्म नयाँ जीएसए पोष्टपेड खरिदकर्ताले तीन महीनासम्म एक जीबीको अल टाइम डाटा एकसय मिनेटको भ्वाइसकलको सुविधा पाउन सक्नेछन्।

टुरिस्ट प्याकेज अन्तर्गत ग्हकले पाँच सय रुपैयाँ  र एक हजार रुपैयाँको प्याकेज लिन सक्ने टेलिकमले बताएको छ। पाँच सय रुपैयाँको प्याकेज अन्तर्गत ग्राहकले पाँच जीबी डाटा, ५० मीनेटको भ्वाइसकल, ५० एसएमएस र एक सय रुपैयाँको अन्तर्राष्ट्रिय कल गर्न सक्नेछन्।

यसैगरी ग्राहकले एक हजार रुपैयाँमा १० जीबी डाटा एक सय मीनेटको भ्वाइस, एक सय एसएमएस र दुई सय रुपैयाँको अन्तर्राष्ट्रिय कल सेवा लिन सक्ने टेलिकमले बताएको छ।

टेलिकमले चीनमा कल गर्नका लागि दैनिक, साप्ताहिक र मासिक योजना ल्याएको छ। माघ २२ देखि ९० दिनसम्मको लागि सिमीत योजनामा ग्राहकले ३५ रुपैयाँ देखिपाँच सय रुपैयाँसम्मको प्याकेज लिन सक्ने टेलिकमले बताएको छ।

टेलिकमले २०७४ असार मसान्तसम्म बक्यौता नबुझाएका ग्राहकलाई २०७६ असार मसान्तसम्म पुरै बक्यौता बुझाए जरिवाना नगर्ने योजन निकालेको छ।

टेलिकमका अनुसार एक वर्षदेखि एडिएसएल सेवा लिँदै आएका ग्राहकले तीन महीना अवधिमा एफटीटीएच माइग्रेसन योजना अन्तर्गत एफटीटीएच सिपीइ निशुल्क पाउन सक्नेछन्।

टेलिकमले नेत्रहीन संघको सिफारिसमा नेत्रविहीनले प्रयोग गर्दै आएको सिडीएमए र जिएसएममा अल टाइम डाटा प्याकेज खरदिमा शतप्रतिशत बोनस पाउनका साथै दुई सय रुपैयाँको अल टाइम डाटा खरिदमा ५० प्रतिशत बोनस पाउन सक्नेछन्।

मोवाइल पोइन्ट्स अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज र भुक्तानी गर्दा ग्राहकले पाँच प्रतिशत बोनस रकम प्राप्त गर्ने सक्नेछन्। टेलिकमका अनुसार यो योजना छ महिनासम्म लागू हुनेछ।