अमेरिकी राष्ट्रपतिको भाषणको प्रभाब: नेपालमा सुनको भाउ ४०० रुपैयाँले घट्यो, अझै घट्ने

बिजमाण्डू
२०७५ माघ २४ गते १७:३३ | Feb 7, 2019
अमेरिकी राष्ट्रपतिको भाषणको प्रभाब: नेपालमा सुनको भाउ ४०० रुपैयाँले घट्यो, अझै घट्ने

काठमाडौं। सुनको भाउ बिहीबार प्रति तोला ४०० रुपैयाँले घटेर कारोबार भएको छ। नेपाली बजारमा बिहीबार सुनको कारोबार प्रति तोला ६२ हजार रुपैयाँमा कारोबार भएको छ। तीन दिनमा सुनको भाउ ६०० रुपैयाँले घटेको छ। 

Tata
GBIME
Nepal Life

पछिल्लो दिनमा अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटिरहेको छ। आज पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स २.७३ डलरले घटेर १३०६.८९ डलरमा कारोबार भैरहेको छ। एक हप्ताको अवधिमा सुनको भाउ प्रति औन्स १४ डलर भन्दा धेरैले घटेको हो। 

सुनसँगै चाँदीको भाउ पनि प्रति तोला ५ रुपैयाँले घटर ७७५ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहदा नेपालमा पनि बढ्ने क्रममा ५ वर्ष यताकै उच्च मूल्यमा कारोबार भएको थियो। 

लगातार सुनको भाउ बढ्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पछिल्लो समय सुधारिएको स्पिच दिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ट्रम्पले पछिल्लो समय चीन सँगको व्यापारका विषयमा वोल्दै गर्दा सुन बजार तत्काल घट्न थालेको सञ्चार माध्यमले जनाएका छन्। 

अर्थतन्त्रमा कुनै नकारात्मक सूचक देखिन थाले पछि लगानीकर्ताले सुरक्षाको लागि सुन खरिद गर्न थाल्छन्। यस्तो वेलामा सुनको माग बढ्नुका साथै बजार मूल्य पनि बढ्न थाल्छ। यसै क्रममा ट्रम्पले सुधारिएको स्पिच दिन थालेका हुन्। साथै उनको भेटघाट पनि बाक्लिदै गएको छ।