सुनको मूल्य फेरी उकालो, तोलाको ६२ हजार १ सय रुपैयाँ, ‍चाँदीको भाउ भने स्थीर

बिजमाण्डू
२०७५ माघ २५ गते ११:४६ | Feb 8, 2019


काठमाडौँ। विहिबार चार सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रुपैयाँ कायम भएको छ। विहिबार चार सय रुपैयाँ घटेर ६२ हजार रुपैयाँ कायम थियो। शुक्रबार सुनको तेजाबी सुनको मूल्य ६१ हजार ८ सय रुपैयाँ कायम छ। महासंघका अनुसार शुक्रबार चाँदीको भाउ भने स्थीर छ।

बिहीबार प्रति तोला पाँच रुपैयाँ घटेर  ७७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार यथावत् कायम भएको महासंघले जनाएको छ।