टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाले पुनर्निर्माण गरेको विद्यालय उद्घाटन

बिजमाण्डू
२०७५ माघ २८ गते १५:१८ | Feb 11, 2019
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाले पुनर्निर्माण गरेको विद्यालय उद्घाटन


काठमाडौं। टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्माण गरी हस्तान्तरण गरिएको शारदा उच्च माध्यमिक विद्यालयको भारतीय राजदूत मञ्जीव सिंह पूरीले उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

“नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना” को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा स्कुल पुनर्निर्माण गरेको थियो। विद्यालयको भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको विज्ञप्तिमा उल्लेख छ। 

कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार विएस तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल, सिईओ राजनबाबु श्रेष्ठ, सिओओ  राजेशप्रसाद गिरी तथा उपाध्यक्ष सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक तामलाल पोखरेल उपस्थित थिए।