आइएमईका सिइओ पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड, अर्थसचिव खनाल उत्कृष्ट निजामती कर्मचारी




काठमाडौं। यो वर्षको म्यानेजर अफ दि इयर २०१८  अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्राप्त गरेका छन्।म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन्। 

यसैगरी आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले पाएकी छन्। कार्यक्रममा अर्थसचिव डा. राजन खनाल उत्कृष्ट निजामती कर्मचारी विधामा सम्मानित भए। खनालले आउटस्ट्याण्डिङ सिभिल सर्भेन्ट अवार्ड प्राप्त गरे। 
म्यानेजर एक्सिलेन्स इन एजुकेसन विधामा युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछाने सम्मानित भए। प्रधानमन्त्री केपी शर्मा ओलीले चारैजनालाई सम्मान प्रदान गरेका छन्। 

सम्मानित भएपछि बोल्दै पोखरेलले आफूलाई दिएको सम्मानले सम्पूर्ण युवाहरूलाई उत्साहित बनाएको बताए। यस्तै श्रेष्ठले यो सम्मानले आफूलाई अझ सशक्त बनाएको उल्लेख गरिन्।

TATa
Swostik Collage

अर्थसचिव खनालले वित्तीय संघीयता कार्यान्वयनको जटिल काम नेपालले ६ महिनामा सम्पन्न गरेको उल्लेख गरे। उनले आफ्नो सेवा कालमा राजस्व क्षेत्रमा सुधारका केही काम गर्ने अवसर आफूले पाएको उल्लेख गरे। यस्तै लामिछानेले सार्वजनिक शिक्षा गुणस्तरीय र सबल नबनेसम्म समृद्धि दूरगामी र फलदायी नहुने उल्लेख गरे। 


Share this Story

   

आइएमईका सिइओ पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड, अर्थसचिव खनाल उत्कृष्ट निजामती कर्मचारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.