चर्को व्याज लिएर नाफा बढाउदै बैंक, २८ वाणिज्य बैंकको ६ महिनामा ३० अर्ब ८१ करोड नाफा

बिजमाण्डू
२०७५ माघ २९ गते १९:२५ | Feb 12, 2019
चर्को व्याज लिएर नाफा बढाउदै बैंक, २८ वाणिज्य बैंकको ६ महिनामा ३० अर्ब ८१ करोड नाफा


काठमाडौं। बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीस अर्ब ८१ करोड रुपैयाँ नाफा गरेका छन्। बैंकहरुले गत वर्षको यहि अवधिको तुलनामा यो नाफा ३९.३१ प्रतिशतले बढी हो।

Tata
GBIME
Nepal Life

गत वर्षको यहि अवधिमा २८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका थिए। बैंकहरुले भइरहेको निक्षेपको अधिकतम प्रयोग गर्दै व्याज आम्दानी बढाएका छन्। समग्रमा बाणिज्य बैंकहरुको व्याज खर्च ३०.९२ प्रतिशतले बृद्धि हुँदा व्याज आम्दानी भने ३२.९८ प्रतिशतले बढेको छ। बैंकर एसोसिएसनले निक्षेपको व्याज घटाउन पटक पटक सहमति गरेपनि ऋणको व्याज भने बढाएर बैंकहरुले वम्पर नाफा गरेका हुन्।

बैंकहरुले कर्जा लगातार बढाउन थाले पछि राष्ट्र बैंकले आधार व्याजदर गणनाको नियम नै परिवर्तन गरेको थियो। तर बाणिज्य बैंकहरुले राष्ट्र बैंकले दिएको पद्धत्ती नमान्ने भन्दै पत्रनै लेख्न भ्याएका थिए। चर्को व्याजदरको विरोध गर्दै व्यवसायी सडकमा आउन थालेपछि पछिल्लो समय व्याजदर राष्ट्रिय मुद्दा बनेको छ।

खुला बजार भन्दै बाणिज्य बैंकहरुले नाफा बढाउन लगातार व्याज बढाइरहेने अवस्थाले शेयर बजारदेखि समग्र उद्योग तथा व्यापारमा संकट छ। राष्ट्र बैंकले न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै गत वर्ष अधिकांश बैंकहरुको प्रतिशेयर आम्दानी घटेको थियो। प्रतिशेयर आम्दानी टिकाउन बैंकका सञ्चालकरुले नाफा बढाउन व्यवस्थापनलाई दबाब सिर्जना गर्दै आएका थिए। यसैको परिणाम स्वरुप पछिल्लो समय बैंकहरु सेवा भन्दा पनि नाफा आर्जनलाई प्राथमिकता गर्दै आएका छन्।

जनताको निक्षेपमा व्याज घटाउन पटक/पटक सहमति गर्ने बैंकहरु कर्जा प्रवाहमा भने आधार व्याजदरको गणना गर्न ढिलाइ हुने भन्दै चर्को व्याजदरमा कर्जा प्रवाह गरिरहेका छन्। उनीहरुको सार्वजनिक गरेको वित्तीय विवरणले पनि बैंकहरु अधिकतम महँगो दरमा अधिकतम कर्जा प्रवाह गरेर नाफा आर्जन गर्न केन्द्रित भएको देखिन्छ।

यसै अवधिमा बैंकहरुले निक्षेप संकलन १९ प्रतिशतले बढाउदा ऋण विस्तार भने २३.८१ प्रतिशतले बढाएका छन्। छ महिनाको अवधिमा बैंकहरुले २६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २३ खर्ब ६४ अर्ब रुपैयाँ ऋण लगानी विस्तार गरेका छन्।  

सात वटा बाणिज्य बैंकहरुको ऋण लगानी एक खर्ब भन्दा माथि छ। जसमा एनआईसी एशिया अगाडि छ भने बाँकी क्रमश राष्ट्रिय बाणिज्य बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्। सबैभन्दा धेरै ऋण लगानी एनआईसी एशियाको एक खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ भने दोस्रोमा बाणिज्य बैंकको एक खर्ब ३४ अर्ब रुपैयाँ छ। गतवर्ष कर्जा लगानीमा नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि थियो। 

त्यस्तै एक खर्ब भन्दा धेरै निक्षेप संकलनमा राष्ट्रिय बाणिज्य बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, हिमायलन बैंक, नेपाल बैंक र प्रभु बैंक रहेका छन्। सबैभन्दा धेरै निक्षेप बाणिज्य बैंक सँग एक खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै निजी स्तरको बाणिज्य बैंकहरुमा एनआईसी एशियाको एक खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ।

बाणिज्य बैंकहरुको नाफा

बाणिज्य बैंक

एनएफआरएस नाफा

बृद्धि (%)

पुस २०७५

पुस २०७४

राष्ट्रिय बाणिज्य बैंक

2409962

1783923

35.09

नविल बैंक

2176861

1837785

18.45

नेपाल इन्भेष्टमेन्ट बैंक

1975571

1830485

7.93

नेपाल बैंक

1661496

1638459

1.41

एनआईसी एशिया बैंक

1511459

571794

164.34

एभरेष्ट बैंक

1429916

1222833

16.93

हिमालयन बैंक

1367043

1105877

23.62

कृषि विकास बैंक

1364294

1029168

32.56

ग्लोबल आइएमई बैंक

1229387

979927

25.46

स्ट्याण्डर्ड चार्टर्ड बैंक

1145346

1072541

6.79

एनएमबी बैंक

1109942

962791

15.28

सिद्धार्थ बैंक

1069444

869377

23.01

प्राइम बैंक

1060896

792250

33.91

प्रभु बैंक

1041816

601103

73.32

एसविआई बैंक

1022790

913041

12.02

सानिमा बैंक

982085

830527

18.25

नेपाल बंगलादेश बैंक

793309

467920

69.54

सनराइज बैंक

792754

587559

34.92

माछापुच्छ्रे बैंक

781379

486569

60.59

सिटिजन बैंक

770346

628600

22.55

एनसिसी बैंक

741174

530018

39.84

बैंक अफ काठमाडौं

737541

551579

33.71

मेगा बैंक

732045

393649

85.96

लक्ष्मी बैंक

723792

550157

31.56

कुमारी बैंक

676244

511421

32.23

जनता बैंक

634694

333597

90.26

सेञ्चुरी बैंक

518168

366533

41.37

सिभिल बैंक

359716

240148

49.79

जम्मा

30819470

23689631

39.31

 

बाणिज्य बैंकहरु मध्ये सबै भन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले दुई अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ। सबैभन्दा धेरै नाफा बृद्धि गर्नेमा एनआईसी एशिया बैंकले एक अर्ब ५१ करोड रुपैयाँ गरेको छ। सिभिल बैंक सबै भन्दा तल छ। बैंकले ३५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ।

व्याज आम्दानी/व्याज खर्च 

बाणिज्य बैंक

व्याज आम्दानी

बृद्धि

व्याज खर्च

बृद्धि

पुस २०७५

पुस २०७४

पुस २०७५

पुस २०७४

कृषि विकास बैंक

7274915

6152396

18.25

3703710

3500532

5.80

बैंक अफ काठमाडौं

4763086

3888286

22.50

2993974

2583079

15.91

सिभिल बैंक

2747234

2096828

31.02

1649206

1413172

16.70

सेञ्चुरी बैंक

3920983

2763840

41.87

2581624

1873150

37.82

सिटिजन बैंक

4296895

3245115

32.41

2802353

2270196

23.44

एभरेष्ट बैंक

6206662

4702625

31.98

3535580

2380718

48.51

ग्लोबल आइएमई बैंक

6436420

5575498

15.44

4055340

3717869

9.08

हिमालयन बैंक

5572143

4506780

23.64

3078705

2637273

16.74

जनता बैंक

4055116

3090096

31.23

2472937

2020071

22.42

कुमारी बैंक

4428078

3019176

46.67

2910970

2110517

37.93

लक्ष्मी बैंक

4207903

3251446

29.42

2753572

2223608

23.83

माछापुच्छ्रे बैंक

4814065

3407608

41.27

3117466

2305079

35.24

मेगा बैंक

4411950

2498158

76.61

2631797

1651811

59.33

नविल बैंक

7325065

5225501

40.18

3713710

2289856

62.18

नेपाल बंगलादेश बैंक

3241438

2554460

26.89

1844897

1727060

6.82

नेपाल बैंक

5002599

4248797

17.74

1835350

1308468

40.27

एनसिसी बैंक

3891280

3184485

22.19

2425839

2511805

-3.42

नेपाल इन्भेष्टमेन्ट

7607865

6394564

18.97

4294630

3708937

15.79

एनआईसी एशिया बैंक

9656182

5554882

73.83

6048565

4009859

50.84

एनएमबी बैंक

5284076

4009890

31.78

3278543

2665981

22.98

प्राइम बैंक

4819231

3968804

21.43

3047028

2804744

8.64

प्रभु बैंक

5224925

3824076

36.63

3071864

2606619

17.85

सानिमा बैंक

5069684

3694954

37.21

3160244

2340703

35.01

एसविआई बैंक

5361823

4244897

26.31

3173476

2360116

34.46

सिद्धार्थ बैंक

6087682

4508199

35.04

3798846

2974150

27.73

स्ट्याण्डर्ड चार्टर्ड बैंक

3013268

2296236

31.23

1361416

681673

99.72

सनराइज बैंक

4495546

3570463

25.91

2774137

2295964

20.83

राष्ट्रिय बाणिज्य बैंक

7234386

5326512

35.82

2280694

1315207

73.41

जम्मा/औषत

146450500

110804572

32.98

84396473

66288217

30.92

छ वटा बाणिज्य बैंकहरु बाहेक सम्पुर्णले व्याज खर्चको अनुपातमा व्याज आम्दानी बढाएका छन्। एभरेष्ट बैंक, नविल बैंक, नेपाल बैंक, एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय बाणिज्य बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च बढेको छ।

सबैभन्दा धेरै व्याज आम्दानी बृद्धि गर्नेमा मेगा बैंक रहेको छ। त्यस्तै एनसिसी बैंकको व्याज खर्च गत वर्षको तुलानामा ३४२ प्रतिशतले घटेको छ।

खुद व्याज आम्दानी

बाणिज्य बैंक

खुद व्याज आम्दानी

बृद्धि

पुस २०७५

पुस २०७४

कृषि विकास बैंक

3571205

2651864

34.67

बैंक अफ काठमाडौं

1769112

1305207

35.54

सिभिल बैंक

1098028

683656

60.61

सेञ्चुरी बैंक

1339359

890690

50.37

सिटिजन बैंक

1494542

974919

53.30

एभरेष्ट बैंक

2671082

2321907

15.04

ग्लोबल आइएमई बैंक

2381080

1857629

28.18

हिमालयन बैंक

2493438

1869507

33.37

जनता बैंक

1582179

1070025

47.86

कुमारी बैंक

1517108

908659

66.96

लक्ष्मी बैंक

1454331

1027838

41.49

माछापुच्छ्रे बैंक

1696599

1102529

53.88

मेगा बैंक

1780153

846347

110.33

नविल बैंक

3611355

2935645

23.02

नेपाल बंगलादेश बैंक

1396541

827400

68.79

नेपाल बैंक

3167249

2940329

7.72

एनसिसी बैंक

1465441

672680

117.85

नेपाल इन्भेष्टमेन्ट बैंक

3313235

2685627

23.37

एनआईसी एशिया बैंक

3607617

1545023

133.50

एनएमबी बैंक

2005533

1343909

49.23

प्राइम बैंक

1772203

1164060

52.24

प्रभु बैंक

2153061

1217457

76.85

सानिमा बैंक

1909440

1354251

41.00

एसविआई बैंक

2188347

1884781

16.11

सिद्धार्थ बैंक

2288836

1534049

49.20

स्ट्याण्डर्ड चार्टर्ड बैंक

1651852

1614563

2.31

सनराइज बैंक

1721409

1274499

35.07

राष्ट्रिय बाणिज्य बैंक

4953692

4011305

23.49

जम्मा

62054027

44516355

48.26

खुद व्याज आम्दानीमा सुधार गर्नेमा सबैभन्दा अगाडि एनआईसी एशिया अगाडि रहेको छ। बैंकले १३३ प्रतिशतले खुद व्याज आम्दानी बढाएर तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै सबैभन्दा धेरै खुद व्याज आम्दानी आर्जन गर्नेमा राष्ट्रिय बाणिज्य बैंकले चार अर्ब ९५ करोड रुपैयाँ कमाएको छ। सिभिल बैंक खुद व्याज आम्दानीमा सबैभन्दा पछाडि छ।