वेगनाश ताल नजिकै अन्नपूर्ण रोयल क्याम्प संचालनमा आउँदै, टेन्टभित्र चारतारे होटलसहितको सुविधा

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ फागुन १ गते १२:१८ | Feb 13, 2019
वेगनाश ताल नजिकै अन्नपूर्ण रोयल क्याम्प संचालनमा आउँदै, टेन्टभित्र चारतारे होटलसहितको सुविधा


काठमाडौं। टेन्टभित्र चार तारे होटलसहितको सुविधा भएको अन्नपूर्ण रोयल क्याम्प चैतभित्रै पोखरामा संचालनमा आउने भएको छ। डेढ करोडको लागतमा २५ रोपनी जग्गामा यो क्याम्प निर्माण भएको हो।

Tata
GBIME
Nepal Life

नेपालमै पहिलो पटक संचालनमा ल्याउन लागिएको ग्ल्याम्पिङ अवधारणाको पहिलो क्याम्प भएको दाबी गरिएको छ।क्याम्पका संचालक सुमन पाण्डेका अनुसार बेगनाश तालको उत्तर पश्चिम कुनामा अवस्थित क्याम्प र तालको पैदल दुरी १५ मिनेट रहेको छ। जंगलको काखमा रहेको क्याम्पबाट पर्यटकले विभीन्न प्रजातीका चराचुरुङ्गीको आवाज सँगै अगाडी बेगनास ताल, पोखरा उपत्यका, वायाँतर्फ हिमश्रृंखला सजिलै नियाल्न सक्ने उनले बताए।

'ग्ल्याम्पिङका लागि परिवारसँगै सफ्ट एडभेन्चरस टुरिज्जमका लागि आउने पर्यटकका लागि 'अन्नपुर्ण रोयल क्याम्प' संचालनमा ल्याउन लागिएको हो। क्याम्पमा प्राय पोखराकै संस्कृती झल्कने निर्माण सामाग्री प्रयोग गरिएको छ। यसमा अकोमोडेसनको सुविधा भने चार तारे स्तरको राखिएको छ।' पाण्डेले बिजमाण्डूसँग भने।

उनका अनुसार छ वटा क्याम्प निर्माण भइसकेको छ भने छिट्टै थप चारवटा क्याम्प तयार हुने क्रममा छ। क्याम्प निर्माणमा सालडाँडाकै काठ, बेत लगायतले फर्निसिङ गरिएको छ भने वरपर रातोमाटोले लिपिएको छ। सिमेन्ट प्ल्याटफर्ममा वुड प्यानलिङ गरिएको प्रत्येक क्याम्पमा दुई देखि चार जना बस्न मिल्छ। क्षमता रहेको पाण्डेले जानकारी दिए।

चिसो र तातोपानी सहितको अट्याच वाथरुम, चार तारे स्तरको फर्निसिङ गरिएको उनले बताए।क्याम्पको इनहाउस आर्किटेक्ट डिजाइन आर्किटेक्ट इन्जिनियर विराट पौडेलले गरेका छन्। क्याम्पमा १० जना दक्ष जनशक्ति कार्यरत छन्। नेपाली रैथाने परिकारलाई मुख्य प्राथमिकता दिँदै क्याम्पमा आउने पर्यटलाई स्थानियद्वारा उत्पादित खाद्य वस्तु दिइने उनले बताए।

क्याम्पमा पर्यटकले बोटिङ, वरपर रहेका गाउँको संस्कृति, परम्परा, रहनसहनको अनुभव लिनुका साथै हिमालको मनोमोहक दृश्य हेर्न सक्नेछन्।
परम्परागत उत्पादनलाई प्राथमिकता दिँदा प्राइसवारको झमेलाबाट टाढा रही सहज रुपमा पर्यटन व्यवसाय गर्न सकिने पाण्डे बताउँछन्।'नेपालमा आन्तरिक र वाह्य पर्यटकको संख्या बढ्दो क्रममा छ। एउटै प्रोडक्ट भयो भने प्राइसवार हुन्छ र भइरहेको छ। पर्यटन व्यवसायसँगै मुलुकको पर्यटन प्रवर्धनका लागि नयाँ अवधारण ल्याउने हाम्रो उद्धेश्य हो।' उनले भने।

क्याम्पमा एक रात दुई दिनको बसाईका लागि चार हजार रुपैयाँ तिर्नुपर्छ।८०को दशकमा बेलायती राजकुमार चार्ल्सले पोखराको उत्तरपुर्वी डाँडामा ट्रेकिङ गरेका थिए। उनले पदयात्रा गरेको यो रुटलाई पछि 'रोयल ट्रेक' को नामाकरण गरिएको थियो। पछि सडकमार्ग बनिसकेपछि १५ वर्ष यता यो 'ट्रेकीङ रुट'मा गाडी चल्न थालिसकेको छ। 'रोयल ट्रेक रुट'लाई पुनः संचालनमा ल्याउनका लागि आइटिनरी तयार पारिसकेको उनले बताए।