सनराइज र गरिमा विकास बैंकबीच ब्यापार साझेदारी सम्झौता, दुबै बैंकका ग्राहकहरुलाई सहज हुने

बिजमाण्डू
२०७५ फागुन १ गते १६:३० | Feb 13, 2019


काठमाडौं। सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता पश्चात् सनराइज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप/डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

यसबाट दुबै बैंकका ग्राहकहरुको बैंकिङ सम्बन्धी सम्पूर्ण आवश्यकताहरु सहजरुपमा पूरा हुने समेत बैंकले जनाएको छ। 

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरे।

सम्झौतापश्चात् दुवै बैंकहरुले आफ्नो ग्राहकहरुको पहुँच फराकिलो हुने बताएका छन् ।