बृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी, बिद्यार्थीबीच बिभिन्न बिधामा प्रतिस्पर्धा

बिजमाण्डू
२०७५ फागुन १ गते १६:४३ | Feb 13, 2019


काठमाडौं। बृज सिमेन्टको आयोजनामा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

प्रदर्शनीमा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन, ट्रेजर हन्ट, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन तथा मोडल कम्पिटिसन गरी ८ बिधामा प्रतिस्पर्धा समेत चलेको थियो। प्रतिस्पर्धाका बिजेतालाई कम्पनीले पुरस्कार समेत दिएको थियो।

प्रदर्शनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर तथा बिद्यार्थीको सहभागिता रहेको आयोजक बृज सिमेन्टले जनाएको छ।

माघ २४ देखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो। प्रदर्शनीको यो दशौं संस्करण हो।

आयोजक वृज सिमेन्ट इण्डष्ट्रीज केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । रुपन्देहीमा रहेको बृज सिमेन्टले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आएको छ।

कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ। यसैगरी पि.एस.सि. सिमेन्ट अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ ।