पुसको मूल्यवृद्धि ४.६ प्रतिशत, गत वर्षभन्दा बढ्यो, काठमाडौं उपत्यका सबैभन्दा महँगो

बिजमाण्डू
२०७५ फागुन १ गते १६:४७ | Feb 13, 2019

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उपभोक्ता मुद्रास्फिति ४.६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको यही अवधिमा यस्तो मूल्यवृद्धि ४.० प्रतिशत रहेको थियो। 

Tata
GBIME
Nepal Life


खाद्य तथा पेय पदार्थ मूल्यवृद्धि पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मूल्यवृद्धि २.४ प्रतिशत रहेको थियो। यो अवधिमा गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.१ प्रतिशत रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ। अघिल्लो यस्तो मूल्यवृद्धि ५.३ प्रतिशत रहेको थियो। 


पुसमा काठमाडौं उपत्यकामा ५.२ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ प्रतिशत र तराईमा ४.० प्रतिशत मूल्यवृद्धि भएको छ।