टाटा मोटर्सले बिराटनगरमा नयाँ शोरुम खोल्यो, टाटाका सम्पूर्ण रेन्जका कार उपलब्ध हुने

बिजमाण्डू
२०७५ फागुन १ गते १७:२५ | Feb 13, 2019


विराटनगर। टाटा मोटर्सले बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रा. लि. ले बुधबार देखि  शोरुम संचालनमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

३००० बर्गफिट क्षेत्रफलमा फैलिएको शोरुममा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

शोरुमको उद्घाटन गर्दै टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख, सुजन रोयले भने, “टाटा मोटर्सका लागि नेपाली बजार निकै महत्वपूर्ण छ। ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई यो शोरुमले अझै सबल बनाएको छ । शोरुमको संचालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं।”

सिप्रदी ट्रेडिंगका अध्यक्ष सौर्य एस. जे. बी. राणाले गोयल अटोसंगको यो साझेदारीले ग्राहकमाझ टाटा मोटर्सको पहुँच सहज बनाएको र सेवा र सुविधा अझै सुदृढ हुँदै जाने भन्दै खुशी ब्यक्त गरे।  

आधुनिक शोरुमसंगै टाटाका विभिन्न आकर्षक मोडेलका नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर कारहरु बिक्री वितरण गर्न पाउँदा ग्राहकहरु लाभान्वित हुनेमा विश्वस्त रहेको बताए।

सिप्रदी सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेको बिज्ञप्तीमा उल्लेख छ।

देशभरि टाटा मोटर्सका कमर्शियल गाडीका २४ विक्री कार्यालय, २५ सेवा केन्द्रहरु रहेको तथा प्यासेन्जर गाडीका २३ वटा बिक्री केन्द्र, २५ वटा सर्विस सेन्टर र ३०० स्पियर पार्टस आउटलेट रहेको कम्पनीले जनाएको छ।