मेलम्चीको काउन्टर ग्यारेन्टी विवाद: बिओकेले कानुनी परामर्शदाता चीन पठायो, विहीबार सुनुवाई

बिजमाण्डू
२०७५ फागुन १ गते १७:३९ | Feb 13, 2019
मेलम्चीको काउन्टर ग्यारेन्टी विवाद: बिओकेले कानुनी परामर्शदाता चीन पठायो, विहीबार सुनुवाई


काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धि मुद्दको सुनुवाईका लागि बैंक अफ काठमाडौंले कानुनी परामर्शदातालाई चीन पठाएको छ। विहीबार हुने सुनुवाईका लागि बैंकले कानुनी परामर्शदातालाई चीन पठाएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

मेलम्ची खानेपानी आयोजना निर्माणका लागि नेपाल आएको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसी–सिएमआइई चाइना जेभीलाई काउन्टर ग्यारेन्टी भुक्तानी दिएबापत बैंकको पैसा फसेको थियो। फसेको पैसा उठाउन बैंकले कानुनी परामर्शदाताको टोली चीन पठाएको हो। 

बैंकले तत्कालीन चिनियाँ कम्पनी चाइना रेलवे १५ ब्युरो ग्रुपको चाइना कन्ट्रक्सन बैंकमार्फत काउन्टर ग्यारेण्टी प्राप्त गरी उक्त काउण्टर ग्यारेण्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६ लाख २० हजार अमेरिकी डलर तथा युरो १४ लाख युरो बराबरको ग्यारेण्टी जारी गरेको थियो। 

नेपाली बैंकले काउन्टर ग्यारेन्टी जारी गरेको भए पनि चिनियाँ बैंकले पैसा दिएको थिएन। मेलम्ची र चिनियाँ ठेकेदार कम्पनीबीच करार सम्झौता भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थीत न्यायालयले चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाण्डूलाई दिन नपर्ने आदेश जारी गरेको थियो। 

अन्तर्राष्ट्रिय नियम र अभ्यासअनुसार चाइना कन्स्ट्रक्सन बैंकले बिओकेलाई जारी गरेको काउण्टर ग्यारेण्टी एउटा स्वतन्त्र र शर्तहीन दायीत्व भएको बैंकले जनाएको छ। यसअनुसार नेपालले उक्त ग्यारेण्टीको रकम काउण्टर ग्यारेण्टी सम्वन्धी आइसिसी युआरडिजीको नियम र अभ्यासअन्तगर्त फिर्ता पाउने अधिकार राख्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। 

चीनस्थित अदालतबाट काउन्टर ग्यारेण्टीको भुक्तानी स्थगन गरिँदा यसबाट नेपालको सर्वसाधरणको निक्षेपमा क्षति पुगेकाले यस मुद्दाप्रति नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकम फिर्ता गर्ने प्रकृयाको सहजीकरण हुने बैंकको विश्वास छ।