एनआईसी एशियाको आन्तरिक रेमिटेन्समा आकर्षक योजना, एउटा रकम पठाउँदा अर्को निशुल्क

बिजमाण्डू
२०७५ फागुन २ गते १०:२४ | Feb 14, 2019
एनआईसी एशियाको आन्तरिक रेमिटेन्समा आकर्षक योजना, एउटा रकम पठाउँदा अर्को निशुल्क


काठमाडौं। एनआईसी एशिया बैंकले आन्तरिक विप्रेषण कारोबारका लागि आकर्षक योजना ल्याएको छ। बैंकले एउटा रकम पठाउँदा अर्को कारोबार निशुल्क प्रदान गर्ने योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

यो योजना फागुन र चैत दुई महिना लागु हुने बैंकले जनाएको छ।बैंकमार्फत कुनैपनि ठाउँमा रकम पठाउँदा न्यून शुल्क लाग्ने समेत दाबी गरेको छ।

एनआईसी एशिया रेमिटमार्फत पठाएको रकम बैंकको मुलुकभर रहेको २ सय ६७ शाखा कार्यालय,३९ वटा एक्सटेन्सन काउन्टर, २३ वटा शाखारहित बैंकिङ इकाई र ६ हजार ७ सय भन्दा बढी सहायक प्रतिनिधीबाट पाउन सकिने बैंकले जनाएको छ।