वैशाख २ गतेदेखि वुद्ध एयरले कोलकाता उडान थाल्ने, नेपालीलाई दुईतर्फी भाडा २४ हजार रुपैयाँ

बिजमाण्डू
२०७५ फागुन २ गते ११:३० | Feb 14, 2019
वैशाख २ गतेदेखि वुद्ध एयरले कोलकाता उडान थाल्ने, नेपालीलाई दुईतर्फी भाडा २४ हजार रुपैयाँ


काठमाडौं। वुद्ध एयरले नयाँ वर्षबाट कोलकाता उडान गर्ने भएको छ। यो कम्पनीको भारतमा दोस्रो गन्तब्य हो। कम्पनीले उडानका लागि कोलकातामा आधिकारिक कार्यालय समेत खोलिसकेको जनाएको छ।कम्पनीले नेपालीका लागि कोलकाताको दुईतर्फी भाडा २४ हजार रुपैयाँ तोकेको छ।

Tata
GBIME
Nepal Life

 शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गर्ने कम्पनीले जनाएको छ। काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा ल्याउने जनाएको छ।