आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच बीमा सम्झौंता, कृषि र पशुपन्छी बीमा गर्नसक्ने

बिजमाण्डू
२०७५ फागुन २ गते ११:४१ | Feb 14, 2019
आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच बीमा सम्झौंता, कृषि र पशुपन्छी बीमा गर्नसक्ने


काठमाडौं।आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच बीमा सम्झौंता भएको छ। यो सम्झौंता अनुसार नगरपालिकाको सबै भौतिक सम्पतिको बीमा भएको छ भने नगरपालिकाका नगरवासीले कम्पनीमार्फत बीमा गराउनसक्ने भएका छन्।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा आइएमईका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरे। सम्झौंतापछि हरपुर नगरापालिकाको सम्पूर्ण बीमा र नगरको पशुपन्छी तथा बालिनालीको बीमा  कम्पनीसँग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

नगरप्रमुख मन्सुरले भौतिक सम्पति, कृषि र पशुपन्छी बीमा गराएर ढुक्क हुन आग्रह गरे।कम्पनीका सहायक महाप्रबन्धक ठाकुरले नगरपालीकाले कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे।