नवनियुक्त राजदूतलाई इन्फ्राष्ट्रक्चर बैंकले गर्यो सम्मान, बैंकको पूर्वाधार तयार

बिजमाण्डू
२०७५ फागुन २ गते १६:४८ | Feb 14, 2019
नवनियुक्त राजदूतलाई इन्फ्राष्ट्रक्चर बैंकले गर्यो सम्मान, बैंकको पूर्वाधार तयार


काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकले नवनियुक्त राजदूतलाई सम्मान गरेको छ। बैंकले भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य, मलेसियाका राजदूत उदयराज पाण्डे,युएईका राजदूत कृष्णप्रसाद ढकाल, फ्रान्सका राजदूत दीपक अधिकारी,कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी,क्यानडाका राजदूत भृगु ढुंगाना, थाइल्याण्डका राजदूत गणेशप्रसाद ढकाल, जेनेभका मणिप्रसाद भट्टराई र राष्ट्र संघ न्यूर्योकका अमृतबहादुर राईलाई सम्मान गरेको हो।

Tata
GBIME
Nepal Life

बैंक अध्यक्ष अनुज अग्रवालले स्वागत र प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकको लक्ष्य र उदेश्यका बारेमा जानकारी गराएका थिए। पूर्वाधार तयार पारिसकेको बैैकले केही दिनभित्रै कारोबार सुरु गर्दैछ।