एशियाकै धनाढ्य मुकेश अम्बानीका छोराको बिवाहको भब्य तयारी, सुनचाँदी र हिरा राखेर छापियो निम्ता

बिजमाण्डू
२०७५ फागुन ३ गते ११:४६ | Feb 15, 2019


एशियाकै धनाढ्य मुकेश अम्बानीको छोरीको भब्य विवाह समारोहको चर्चा सेलाउन नपाउँदै जेठा छोराको विवाहको तयारी सुरु भएको छ।

Tata
GBIME
Nepal Life

मुकेशका जेठा छोरा आकाश अम्बानीको भारतीय हिरा ब्यापारी रुसेल मेहताकी छोरी श्लोकासँग आगामी मार्चमा बिवाह हुने लागेको हो।

केही दिनअघि मुकेशको परिवारले छोराको बिवाहको कार्ड सिद्धिबिनायक मन्दिरमा चढाएर बिवाहको तयारी औपचारिक रुपमा सुरु गरेपछि सबैको ध्यान निमन्त्रणा कार्डले तान्यो।

बोर्ड गेम साइजको सुन्दर बक्सका रुपमा तयार पारिएको निमन्त्रणा कार्डमा राधाकृष्णको एनिमेटेड चित्र राखिएको छ। खण्ड खण्ड पारेर निमन्त्रणा पत्र तथा बिवाहको विवरण राखिएको छ।

प्रत्येक खण्डमा राधाकृष्णको एनिमेटेड चित्र रहेको निमन्त्रणा कार्डमा सुनचाँदी तथा हिराको समेत प्रयोग भएको हुनसक्ने बताइएको छ।

मुम्बइको जियो वर्ल्ड सेन्टरमा लगातार तीन दिनसम्म चल्ने विवाह समारोहकालागि निमन्त्रणा कार्ड बनाउँदा एउटै कार्डको लागि कम्तीमा एक लाख भारतीय रुपैयाँ खर्च गरिएको अनुमान छ।

हिरा ब्यापारी रुसेल मेहताकी कान्छी छोरी श्लोका र अम्बानीका जेठा छोरा आकाश बाल्यकालदेखिका साथी हुन्। धिरुभाइ अम्बानी स्कुलबाट अमेरिकाको प्रिन्सटन युनिभर्सिटीबाट ब्याचलर डिग्री र लण्डन स्कुल अफ इकोनोमिक्सबाट मास्टर्स डिग्री गरेकी श्लोकाले भारत फर्केर बाबुको हिरा कारोबारसँग जोडिएको परोपकारी संस्था रोजी ब्लु फाउन्डेसन सम्हालिरहेकी छिन्।

मुम्बइमा हुने बैवाहिक समारोह अघि साथीभाईकालागि अम्बानी परिवारले स्विजरल्याण्डमा तीन दिने पार्टीको तालिका समेत सार्वजनिक गरेको छ। स्विजरल्याण्डको सेन्ट मोरिट्जमा हुने समारोहमा ५ सय जना पाहुनाहरु सहभागी हुने बताइएको छ।

यो विवाहले भारतका धनाढ्य दुई ठूला ब्यापारिक घरानालाई जोड्ने भएकाले विवाह चर्चाको विषय बनेको छ।