कृषि विकास बैंकको साधारणसभाको मिति तय, चैत १५ मा हुने साधारणसभामा २१% लाभांशको प्रस्ताव

बिजमाण्डू
२०७५ फागुन ३ गते १२:१८ | Feb 15, 2019


काठमाडौँ। कृषि विकास बैंकले बाह्रौँ साधारणसभा गर्ने भएको छ। बैंकले आगामी चैत १५ गते साधारणसभा गर्ने घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो। बैंकले घोषणा गरेको लाभांश लगायतका प्रस्ताव साधारणसभामा गर्ने छ।

बैंकले शेयरधनीकालागि २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ६ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश रहेको छ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको छ। हाल बैंकको प्रति शेयर आम्दानी २८ रुपैयाँ रहेको छ।