बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख दिने घोषणा, वित्तीय साक्षरताको एप

बिजमाण्डू
२०७५ फागुन ५ गते १२:०१ | Feb 17, 2019
बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख दिने घोषणा, वित्तीय साक्षरताको एप


काठमाडौ। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले समग्र बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेहरुलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

एनबिआइ संञ्चालनको १० बर्ष पुरा भएको अवशरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ क्षेत्रको समस्या पहिचानका साथै समग्र बैंकिङ क्षेत्रलाई फाइदा पुर्याउने बिषयमा सोध गर्नेलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

यसका लागि एनबिआइले सोध छनौटका लागि विज्ञ समूह बनाउँछन। त्यसले छनौट गरेपछि मात्र १० लाख रुपैयाँ उपलब्ध हुने छ। यसका लागि कार्यविधि बनाउने निरौलाले जानकारी दिए। 

एनबिआइले वित्तीय साक्षरता सम्बन्धि मोबाइल एप पनि सार्बजनिक गरेको छ। यसमा बैंकिङ तथा वित्तीय क्षेत्रका बारेमा आवश्यक जानकारी राखिएको छ।