शेयर बजार बारे कांग्रेसको धारणा, ‘कम्युनिष्ट सरकार बनेपछि शेयर बजार धरासायी भयो’

बिजमाण्डू
२०७५ फागुन ५ गते १७:१४ | Feb 17, 2019


काठमाडौं। नेपाली कांग्रेसले नेकपाको सरकार आएपछि शेयर बजार लगातार घटेको जनाएको छ। कांग्रेसले सरकारको एक वर्षको समिक्षा बारे पत्रकार सम्मेलन गर्दै नयाँ सरकार आएपछि शेयर बजार धरासायी बनेको जनाएको छ।

Tata
GBIME
Nepal Life

‘अर्थतन्त्रको ‘पल्स’ मानिने शेयर बजार यो सरकार आएपछि क्रमश धरासायी हुँदै गएको छ। स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पछि १५२० मा रहेको नेप्से कम्युनिष्ट सरकार बनेपछि १३८०, ११२८ हुँदै यो सरकारले एक वर्ष पुरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झरेको छ।‘