शाइन रेसुङ्गा बैंकको दुई नयाँ शाखा रुपन्देहीको देवदह र नवलपरासीको सुनवलमा

बिजमाण्डू
२०७५ फागुन ५ गते १७:४८ | Feb 17, 2019

काठमाडौं। बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवलमा एकै दिन दुई वटा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले खैरेनी शाखाको र सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले सुनवल शाखाको उद्घाटन गरेका छन्।

कार्यालय उद्घाटन गर्दै बैंकले जेष्ठनागरिकको बैंक खाता खोलेर सम्मान गरेको थियो। जेष्ठनागरिकलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगर प्रमुख खत्री, बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सम्मान गरेका थिए।

त्यसैगरि सुनवाल शाखामा पनि जेष्ठ नागरकिको बैंक खाता खोल्दै सम्मान गरिएको थियो। जेष्ठनागरिकलाई प्रमुख अतिथि नगरप्रमुख थापा, बैकका अध्यक्ष श्रेष्ठ, संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए।

देवदह शाखाको उदघाटन गर्दै नगरप्रमुख खत्रीले देवदहमा कृषि र घरेलु तथा साना उद्योगको राम्रो सम्भावना रहेकाले त्यस क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय सेवा पुर्‍याउन सुझाव दिए।
 
त्यस्तै, सुनवल शाखाको उदघाटन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले समृद्ध नगर हाम्रो अभियान नारा अंगिकार गरी कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्रमुख प्राथमिकता दिएकोले बैंकसंग मिलेर नगरपालिका अघि बढ्ने बताए।

कार्यक्रममा बोल्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद भण्डारीले स्थानीय लगानी र रोजगारमा आधारित बैकले कृषि र उद्योग जस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे।

सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको संभावनालाई सार्थक बनाउन बैंकको लगानी उत्पादन र रोजगारमुलक क्षेत्रमा केन्द्रीत गर्न आग्रह गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, श्रम,विकास र सम्बृद्धि भन्ने मूल नाराका बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा सर्बसुलभ बैकिङ सेवा दिदै आइरहेको र आगामी दिनमा पनि गुणस्तरीय सेवा पुयाउने प्रतिवद्धता व्यक्त गरे।