पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै दिउँसो अन्त्येष्टि

रासस
२०७५ फागुन १९ गते ०९:२९ | Mar 3, 2019

काठमाडौँ। उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ।

Tata
GBIME
Nepal Life

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ।

त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ। 

अधिकारी नेपालका पहिलो बामपन्थी अर्थमन्त्री हुन्। उनले नै बृद्धभत्ता कार्यक्रम ल्याएका थिए। उनले आफ्नो गाउँ आँफै बनाउँ कार्यक्रममार्फत केन्द्रिकृत बजेटलाई गाउँगाउँसम्म पुर्याएका थिए।