अब पेट्रोल पम्पमा पनि आइएमइपेबाट पेट्रोलको भुक्तानी, ५४ पम्पमा सुविधा

बिजमाण्डू
२०७५ फागुन २१ गते १६:१० | Mar 5, 2019
अब पेट्रोल पम्पमा पनि आइएमइपेबाट पेट्रोलको भुक्तानी, ५४ पम्पमा सुविधा

काठमाडौं। गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनअन्तर्गत विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष राजन गोंगजुले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवा लिने सेवाग्राही लाभान्वित हुने बताए। अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको बताए।