दुई सातामा सुनको भाउ २६ सय रुपैयाँले घट्यो, प्रति तोला ६० हजार ७०० रुपैयाँमा कारोबार 

बिजमाण्डू
२०७५ फागुन २२ गते १४:१२ | Mar 6, 2019

काठमाडौं। सुनको भाउ दुई हप्तामा प्रति तोला २६०० रुपैयाँले घटेको छ। फागुन ८ गते इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म कारोबार भएकोमा त्यसयता लगातार घट्दा बुधबार ६० हजार ७०० रुपैयाँमा झरेको हो। 

Tata
GBIME
Nepal Life

बुधबार भने ३०० रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रममा यसको असर नेपाली बजारमा पनि परेको थियो। गत ८ गते अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स १३४३.३० डलससम्ममा कारोबार भएको थियो। त्यसै दिन नेपाली बजारमा पनि अधिकतम ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

अमेरिका र चीन विचको ब्यापार युद्धको प्रभावले सुनको भाउ बढेको थियो। पछिल्ला दिनमा डोनाल्ट ट्रम्पले विवाद समाधानको लागि निरन्तर पहल गरेसँगै डलरको अवस्था सुधार भएपछि सुनमा गिरावट आएको हो।

अमेरिकी अर्थतन्त्रमा केहि सुधारका संकेत देखा पर्दा डलर मजबुत हुने क्रम बढेको र सुनको भाउ घट्न थालेको हो। 

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर ७४० रुपैयाँमा कारोबार भएको छ। गत फागुन ८ गते चाँदीको भाउ पनि अधिकतम ७८४ रुपैयाँमा कारोबार भएको थियो। त्यस यता चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले घटेको थियो। 

सुन चाँदीको भाउ अस्वभाविक रुपमा बढ्न थाले पछि नेपाली बजारमा कारोबार नै सुस्ताको थियो। नेपालमा सुनको भाउ ६० हजार रुपैयाँ नाघेपछि कारोबार नै घट्ने गरेको छ।