जिमेल र गुगल ड्राइभमा किन समस्या आयो? पत्ता लगाउन अनुसन्धान गर्दै गुगल

बिजमाण्डू
२०७५ फागुन २९ गते १२:३४ | Mar 13, 2019


फोटो: lifewire.com
विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Tata
GBIME
Nepal Life

गुगलले आफ्नो वेभसाइटमा 'सर्भिस डिसरपसन' भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ।'केही देशहरुका प्रयोगकर्ताहरुले जिमेल र गुगल ड्राइभ प्रयोग गर्न सके पनि मेसेज वा फाइलहरु ट्रान्सफर, डाउनलोड वा सेयर गर्न सकिरहेको छैन' गुगलले उल्लेख गरेको छ।

गुगलले आफ्नो इन्जिनियरिङ टोलीले समस्याका बारे अनुसन्धान गरिरहेको बताएको छ। यस्तै यससम्बन्धी छिट्टै अर्को सूचना जारी गर्ने बताएको छ।बिहानैदेखि जिमेल र गुगल ड्राइभमा समस्या देखिएपछि गुगलमा धेरै राष्ट्रबाट रिपोर्ट गरिएको थियो।