चेम्बरपछि एफएनसीसीआईले समेत घरेलु र कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानीमा रोक लगाउन माग





काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र, केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्न आग्रह गरेको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकमा ती क्षेत्रमा विदेशी लगानी खुला गर्ने प्रस्ताव गरेपछि महासंघले यो आग्रह गरेको हो। चेम्बरपछि महासंघले समेत विदेशी लगानी खुला नगर्न आग्रह गरेको हो।महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं स“स्थाहरू, ई–कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगर्न आग्रह गरेको छ।
Sunrise Bank
Sipradee


महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटी उक्त सुझाव दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ संसदमा विचाराधिन रहेको छ ।

महासंघबाट गएको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषदका सह–सभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी थिए।
 


 

Share this Story

   

चेम्बरपछि एफएनसीसीआईले समेत घरेलु र कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानीमा रोक लगाउन माग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.