कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन, ‘नयाँ समाज नेपाल’का बालबालिकालाई सहयोग

बिजमाण्डू
२०७५ फागुन ३० गते १६:३९ | Mar 14, 2019


काठमाडौं। कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वानेश्वरस्थित “नयाँ समाज नेपाल” नामक एक परोपकारी संस्थालाई वित्तीय सहयोग प्रदान गरेको छ ।

Tata
GBIME
Nepal Life

उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत छ ।

उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरुलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

बैंकका चिफ डिपोजिट मार्केटिङ राजेश श्रेष्ठ र बैंकको कर्मचारी युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरे।

बैंकले स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरण लगायत समाजका विविध क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गरिरहेको जनाएको छ।

बैंकले आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिम र २ एक्सटेन्सन काउन्टरबाट आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बिज्ञप्तीमा उल्लेख छ ।