१० प्रतिशत ब्याजको एनएमबी बैंकको ऋणपत्र निस्कासन, ६/६ महिनामा ब्याज भुक्तानी हुने

बिजमाण्डू
२०७५ चैत्र १ गते १५:२९ | Mar 15, 2019

काठमाडौं। एनएमबी बैंकले फागुन ३० गतेदेखि ऋणपत्र जारी गरेको छ। बैंकले बार्षिक १० प्रतिशत व्याज दिने गरी १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले कुल एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ। कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ। प्रति कित्ता १००० रुपैयाँ दरमा सामुहिक लगानी कोषलाई ६० हजार कित्ता र सर्वसाधारणको लागि ११ लाख ४० हजार कित्ता छुट्याइएको छ। 

छिटोमा चैत ४ गतेसम्म र पहिलो चरणमा बिक्री हुन नसकेमा ढिलोमा चैत १४ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्नेछ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवदेन दिन पाउने छन्। 

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यको अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। 

'१० प्रतिशत एनएमबी डिवेन्चर २०७५' को क्रेडिट रेटिङ गर्दा पर्याप्त मात्रामा सुरक्षित मानिएको 'इक्रा एनपिएलए माइनस' प्राप्त गरेको छ। ऋणपत्रधनीले अर्द्ध वार्षिक रुपमा व्याज भुक्तानी पाउने छन्। 

बैंकहरु खारेजीमा जाने अवस्था आएमा सबैभन्दा पहिले ऋणपत्रधनीहरुलाई रकम भुक्तानी गर्नु पर्ने व्यवस्थाले ऋणपत्रको लगानी सबैभन्दा सुरक्षित मानिन्छ। बैंकहरुले दीर्घकालिन वित्तीय सुरक्षाको लागि ऋणपत्रलाई उपयुक्त औजारको रुपमा प्रयोग गर्ने गरेका छन्।