जनैपूर्णे, रामनवमी र कृष्ण जन्माष्टमीमा छैन छुट्टी, बुद्ध जयन्ती शनिबार, विदाको सूची हेर्नुस्





काठमाडौँ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विक्रम संवत् २०७६ सालको सार्वजनिक विदाबारे जानकारी दिएको छ। गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार यस वर्ष ५२ वटा शनिबारे विदा परेको छ। शनिबारबाहेक देशभर सबैलाई दिइने विदा भने १५ दिन रहेको छ।

सरकारले दशैँमा फूलपाती (असोज १८) देखि एकादशी (असोज २२ गतेसम्म) पाँच दिन विदा दिएकोमा एक दिन शनिबार परेको छ।तिहारमा लक्ष्मीपूजादेखि भाइटिकासम्म तीन दिन विदा छ। अन्य पर्व विदामा फागुन ९ गते महाशिवरात्री र होली ५८ जिल्लामा फागुन २६ गते र बाँकी जिल्लामा भोलिपल्ट छ।
Sunrise Bank
Sipradee


दिवस विदाहरुमा मजदूर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवस तीन दिन सार्वजनिक विदा छ। जन्मजयन्ती विदामा रामनवमी, कृष्ण जन्माष्टमि, पृथ्वी जयन्तीको यसपालि पनि विदा कटौति गरिएको छ। बुद्ध जयन्तिको दिन विदा दिइएको छ तर त्यो दिन शनिबार परेको छ।

जनैपूर्णिमा, क्रिसमस, ईद, ल्होसार, छठ लगायतका पर्वमा पनि सार्वजनिक विदा दिइएको छैन।

 

Share this Story

   

जनैपूर्णे, रामनवमी र कृष्ण जन्माष्टमीमा छैन छुट्टी, बुद्ध जयन्ती शनिबार, विदाको सूची हेर्नुस् को लागी १ प्रतिक्रिया(हरु)

Surya[ 2019-03-15 08:13:51 ]
बिस्तारै मुलुककाे धर्म संस्कृृती सिध्याउँदै जाने । अब दँशै बिदा बिस्तारै एक दिनमा झारिन्छ । देश जाेडने कडी नाश गरेर उत्पन्न भएकाे खाली ठाउँ विदेेशी संस्कृतीले भर्ने ।

   हालसम्म १०५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.