महालक्ष्मी विकास बैंकको दरवारमार्गमा सरसफाइ सम्बन्धि चेतनामूलक कार्यक्रम

बिजमाण्डू
२०७५ चैत्र ३ गते १५:५६ | Mar 17, 2019

काठमाडौं। महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ। 

Tata
GBIME
Nepal Life

“सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजना गरिएको थियो।

काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बैंकका प्रतिनिधिहरु, दरबार मार्ग स्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरु, वडा नं १ का प्रतिनिधिहरु तथा स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो।