राजस्व पुर्याउन अर्थमन्त्री खतिवडाको वैकल्पिक योजना, ‘सीमा नजिक नयाँ गोदाम राख्न नदिनु’

बिजमाण्डू
२०७५ चैत्र ४ गते १४:५४ | Mar 18, 2019
राजस्व पुर्याउन अर्थमन्त्री खतिवडाको वैकल्पिक योजना, ‘सीमा नजिक नयाँ गोदाम राख्न नदिनु’


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व लक्ष्य पुर्याउन वैकल्पिक कार्ययोजना बनाउन निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैंठकमा उनले वैकल्पिक कार्ययोजना बनाएर लक्ष्य पुर्याउन निर्देशन दिएका हुन्। बैठकमा अर्थसचिव, राजस्व सचिव,गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक,सशस्त्र प्रहरी बलका महानिरीक्षक, अर्थमन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकसहितको टोलीलाई अर्थमन्त्री खतिवडाले निर्देशन दिएका हुन्।

‘लक्ष्य अनुसारको राजस्व संकलन नभएको सम्वन्धमा राजस्व संकलनको वैकल्पिक कार्ययोजना तयार गरि सम्वन्धित सबै निकायहरुको सामूहिक प्रयासबाट वार्षिक लक्ष्य हासिल हुने गरि कार्य सम्पन्न गर्नु’ उनले निर्देशन दिँदै भनेका थिए। अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीयस्तरबाट समेत अनुगमन टोली बनाई कार्यस्थलको अनुगमन र भन्सार गस्ती परिचालनलाई प्रभावकारी रुपबाट संचालन गर्न निर्देशन दिए।
 उनले राजस्व बढाउन अनुगमन एग्रेसिभ बनाउँदै राजस्व जोखिमका आधारमा अनलाइन विलिङ विस्तार गर्न निर्देशन दिए।

‘नक्कली विलविजकको नियन्त्रण र राजस्व चुहावट नियन्त्रणको लागि कर परीक्षण तथा अनुसन्धानमा संलग्न निकायहरुले जोखिम विश्लेषण गरि अप्रत्यक्ष विधीहरुको समेत प्रयोग गरेर कर परीक्षण गर्नुहुन अनुरोध छ’ अर्थमन्त्री खतिवडाले निर्देशन दिएका छन्। उनले राजस्व चुहावट,विदेशी मुद्रा अपचलन, हुण्डी लगायतका आर्थिक अपराध नियन्त्रण गर्न निर्देशन दिए। उनले सीमा नजिक मालवस्तु भण्डारण गर्ने नयाँ गोदाम राख्न नदिन र पूराना गोदामको नियमित अनुगमन गर्ने निर्देशन दिए।