संस्थापकको कारोबारले नेप्सेको कारोबार रकम बढ्दै, सूचक भने ७ अंकले ओरालो लाग्यो

बिजमाण्डू
२०७५ चैत्र ४ गते १६:०८ | Mar 18, 2019


काठमाडौं। पछिल्ला दिनमा दोस्रो बजारमा संस्थापक शेयरको कारोबारले समग्र कारोबार रकम बढ्न थालेको छ।

Tata
GBIME
Nepal Life

सर्वसाधारण शेयरभन्दा पनि संस्थापक शेयरको धेरै कारोबार हुन थालेपछि कारोबार रकम पनि सँगै बढ्न थालेको हो।

सोमबार पनि ग्लोबल आइएमई बैंकको छ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै गएका दिनमा पनि नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अधिकतम कारोबार भएको छ।

दैनिक २० करोड रुपैयाँको हाराहारीमा कारोबार भैरहने दोस्रो बजारमा पछिल्ला दिनमा ३० करोड रुपैयाँ नाघ्न थालेको छ।

दोस्रो बजारमा २०/२५ अंकले तलमाथि हुँदा कारोबार रकम बढ्ने गरेको ब्रोकरहरु बताउँछन्। १५/२० अंकले बजार बढ्यो भने लगानीकर्ताले चासो व्यक्त गर्ने साथै शेयर खरिद गर्न आउने गरेको उनीहरुले बताए। त्यस्तै १५/२० अंकले घट्दा पनि बजार घटेको वेलामा किन्ने भन्दै लगानीकर्ताले कारोबार रकम बढाउने गरेका हुन्।

सोमबार कारोबार सुरु भएको डेढ घण्टासम्म बजार हरियो देखिएपनि त्यस पछिको नेप्से सूचक रातो देखिँदा अन्तिममा ७.७२ अंकले ओरालो लागेको छ। ०.६७ प्रतिशतले घट्दा नेप्से सूचक ११५२.७२ विन्दुमा रोकिएको छ।

ग्लोबल आइएमईको ६ करोड ३९ लाख रुपैयाँ सहित जम्मा ३५ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ।

फाइनान्स र उत्पादन तथा प्रसोधनको उपसूचक बाहेक सबै सूचक तथा उपसूचक घटेका छन्। युनाइटेड फाइनान्सका शेयरधनीहरुले सबैभन्दा धेरै ८.७२ प्रतिशतले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले प्रतिकित्ता १२० रुपैयाँले गुमाएका छन्।