ग्लोबल आइएमई संस्थापक शेयरः मर्जर र दोस्रो बजारबाट कायम २० संस्थापक बाहिरिए, कसले किन्यो?

बिजमाण्डू
२०७५ चैत्र ४ गते १६:१४ | Mar 18, 2019


काठमाडौं। ग्लोबल आइएमई बैंकका २० जना संस्थापक शेयरधनी बाहिरिने भएका छन्। थोरै थोरै हिस्सा भएका २० जना संस्थापकले हाल कायम संस्थापक मध्येकै एकजनाले आफ्नो शेयर स्वामित्व बढाउन शेयर खरिद गरेका हुन्।

Tata
GBIME
Nepal Life

सोमबार चारजना संस्थापकले तीन लाख ५९ हजार ६३६ कित्ता शेयर बिक्री गरेका छन्। बाँकी १६ जनाले भोलि हुने कारोबारमा बिक्री गर्ने छन्।

दुई लाख ७४ हजार ६३६ कित्ता संस्थापक शेयर प्रतिकित्ता १७७ रुपैयाँका दरले कारोबार भएको छ भने ८५ हजार कित्ता १८० रुपैयाँको दरमा कारोबार भएको छ।

अधिकांश संस्थापक मर्जरबाट आएका शेयरधनी रहेका छन् भने केही दोस्रो बजारबाटै शेयर खरिद गर्नेहरु छन्।

मर्जरबाट कायम भएका शेयरधनीहरुले पूँजीगत लाभकर तिर्नु पर्दैन साथै दोस्रो बजारबाट शेयर खरिद गर्नेहरुले घाटामा बेचेकोले पूँजीगत लाभकर तिर्नु नपर्ने देखिएको छ।

स्रोतका अनुसार संस्थापक शेयरधनीहरु मध्येकै एक जनाले आफ्नो हिस्सा बढाउन आजको कारोबार गरेका हुन्।

ग्लोबल आइएमइ बैंकले पूँजी बृद्धिका लागि केहि बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको थियो। मर्जरका क्रममा कायम संस्थापक शेयरधनी समुहबाट बाहिरिन थालेका हुन्।