एयर इन्डियाको विमान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण नगरि किन ओभरसुट गर्यो?

बिजमाण्डू
२०७५ चैत्र ६ गते १०:४४ | Mar 20, 2019
एयर इन्डियाको विमान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण नगरि किन ओभरसुट गर्यो?


काठमाडौँ। एयर इन्डियाको जहाज अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आकस्मिकरुपमा फ्लाइ ओभर सुट गरिएको छ।

Tata
GBIME
Nepal Life

आज बिहान करिब पौने १० बजे विमानलाई फ्लाइ ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिए। 

प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि अन्तर्राष्ट्रिय नियम अनुसार चलन अनुसार फ्लाइ ओभर सुट गर्ने गरिन्छ। 

धावनमार्गको भिजिब्लिटी ३ हजार मिटर रहेको जुन अवस्थामा सजिलै जहाज अवतरण गर्न सकिन्छ तर एयर इन्डियाले किन फ्लाइ ओभर सुट गर्‍यो भन्ने जानकारी लिने विमानस्थलका एक कर्मचारीले जानकारी दिए।

जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा आउँदै गर्दा कारण बस जहाज अवतरण गर्न नसक्ने अवस्था हुँदा पुनः जहाज उडाइन्छ यसलाई नै फ्लाइ ओभर सुट भनिन्छ।