प्रधानमन्त्रीले आवेदन दिएको त्रिशुलीको शेयरमा मागभन्दा बढि आवेदन, ९० रुपैयाँ नौं महिनापछि




काठमाडौँ। बिहीबारदेखि निष्कासन भएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेको छ। पहिलो दिन कम्पनीको शेयरमा सर्बसाधारणले करिब चार गुणा बढी प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री केपी ओलीले पहिलो आवेदन हालेका थिए। दुई लाख ५४ हजार २६ आबेदकले प्रतिबद्धता जनाएका छन्।
Sunrise Bank
Sipradee


कुल ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणका लागि खुला गरिएको थियो। यसमा एक करोड १९ लाख ९९ हजार ८१० कित्ताका लागि आवेदन परेको छ। 

कम्पनीले सर्ब साधारणबाट प्रति कित्ता १० रुपैयाँका दरले रकम माग गरेको छ। बाँक ९० रुपैयाँ आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि सर्बसाधारणले भुक्तानी गर्नु पर्छ। जुन नौ महिनापछि कम्पनीले माग गर्ने बिक्रि प्रबन्धक ग्लोबल आएमई क्यापिटलले जनाएको छ। कम्पनीले छिटोमा चैत्र १२ गतेसम्म बिक्री खुला गरेको छ। 

Share this Story

   

प्रधानमन्त्रीले आवेदन दिएको त्रिशुलीको शेयरमा मागभन्दा बढि आवेदन, ९० रुपैयाँ नौं महिनापछि को लागी १ प्रतिक्रिया(हरु)

प्रमोद कुमार देव[ 2019-03-23 08:12:45 ]
ऑनलाईन खवर पिछै कसैले 50% त कसैले 75% काम पूरा भए पछि 90% रकम जम्मा गर्नु पर्ने समाचारले अलि अन्योल अनुभव भएको ले यो प्रतिक्रिया लेख्ने प्रयास गरेको हु । यो अन्योल को समाधान पाइन्छ कि ?

   हालसम्म २४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.