हिमालयन बैंकले १० प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै, सात बर्षमा पुरै पैसा फिर्ता हुने

बिजमाण्डू
२०७५ चैत्र ८ गते १३:१३ | Mar 22, 2019
हिमालयन बैंकले १० प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै, सात बर्षमा पुरै पैसा फिर्ता हुने

काठमाडौं। हिमालयन बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने प्रकृया अगाडि बढाएको छ। यसका लागि बैंकले लक्ष्मी क्यापिटल लिमिटेडलाई ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजिब सापकोटाले हस्ताक्षर गरेका छन्।

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सात बर्षे अवधिको उक्त ऋणपत्रमा बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।