त्रिशुलीको शेयरमा ५४ हजार आवेदन तर ८७२ रद्द, अहिले १० रुपैयाँ, नौ महिनापछि ९० तिर्नु पर्ने

बिजमाण्डू
२०७५ चैत्र १० गते १०:१७ | Mar 24, 2019

काठमाडौं। त्रिशुली जल विद्युत कम्पनी लिमिटेडको शेयरमा ५४ हजार ३५ वटा आवेदन परेको छ। प्रधानमन्त्री केपी ओलीले पहिलो आवेदन दिएको कम्पनीमा कुल २४ करोड ३८ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको आवेदन परेको हो। यो प्रतिकित्ता १० रुपैयाँको हिसाब हो। कम्पनीले नौं महिनापछि बाँकी ९० रुपैयाँ उठाउने छ।

Tata
GBIME
Nepal Life

कम्पनीमा परेको कुल आवेदनमध्ये २९ हजार ९४२ वटा रुजु भइसकेका छन्। २३ हजार २२१ वटा रुजु हुन बाँकी छन् लभने ८७२ वटा रद्द भएका छन्।

कुल ७९ लाख ८४ हजार ३ सय रुपैयाँको शेयर आवेदन रद्द भएको हो। यो आज बिहान १० बजेसम्मको तथ्यांक हो।

कम्पनीले छिटोमा चैत्र १२ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैंशाख ६ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँ रहेको छ। 

अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको छ। सर्वसाधारणको लागि छुट्टाएको मध्ये तीन प्रतिशत अर्थात एक करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरुको लागि सुरक्षित गरेको छ।