शिवम सिमेन्टको पहिलो कारोबार ४६४ रुपैयाँमा, २ हजार २० कित्ता कारोबार, कति पुग्ला मूल्य?

बिजमाण्डू
२०७५ चैत्र १० गते ११:३० | Mar 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम सिमेन्टको पहिलो कारोबार ४ सय ६४ रुपैयाँमा भएको छ। नेपाल स्टक एक्सचेन्जमा आइतबार पहिलो कारोबार हुँदा ४ सय ६४ रुपैयाँमा कारोबार भएको हो। नेप्सेले शिवमको अधिकतम रेन्ज ४ सय ८४ रुपैयाँ तोकेको थियो।

नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि स्पेसन प्रि ओपन सेसन लागु गरेसँगै बिहीबार पहिलो दिन हुन सकेको थिएन्। आइतबार पहिलो चरणमा २ हजार २० कित्ताको कारोबार भएको छ। बिहीबारदेखि कारोबार खुला गरिएको भए पनि नियम अनुसार कारोबार सुरु हुनु भन्दा ३० मिनेट अगाडि देखि खुला भएको प्रि ओपन सेसनमा कारोबार म्याचिङ नभए पछि पुरै दिन कारोबार हुन सकेको थिएन।

के हो 'स्पेसल प्रि ओपन सेसन'
यो प्रणाली अनुसार कुनै पनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबारका लागि 'स्पेसल प्रि ओपन सेसन' सहभागी हुनुपर्छ।

स्पेसल प्रि ओपन सेसन विहान १० बजेर ३० मिनेटदेखि १० बजेर ४५ मिनेटसम्ममा खुला गरिन्छ। यो जुन सुकै कम्पनीको पहिलो कारोबारका लागि तय गरिएको हुन्छ। यदि यो सेसनमा पहिलो म्याचिङ हुन नसकेमा त्यस दिनमा कारोबार गर्न पाइदैन। पहिलो कारोबार म्याचिङ भए पछि त्यसैका आधारमा नियम अनुसार घटबढ गरेर कारोबार गर्न पाइन्छ।

अनलाइन प्रणालीबाट सर्वसाधारण र ब्रोकरहरु दुवै तर्फको सहभागी हुन सक्ने व्यवस्था छ। यो प्रणाली नियमित कारोबारमा कुनै पनि समस्या नआओस भनेर लागु गरिएको नेप्सेले जनाएको छ।