सिजी लाइफसेलले ल्यायो ‘बिप एप’, एकैपटक १० जनाले भिडियो कल गर्न सक्ने, अरु यस्ता छन् विशेषता

बिजमाण्डू
२०७५ चैत्र १४ गते १३:४३ | Mar 28, 2019
सिजी लाइफसेलले ल्यायो ‘बिप एप’, एकैपटक १० जनाले भिडियो कल गर्न सक्ने, अरु यस्ता छन् विशेषता



काठमाडौं। चौधरी ग्रुप अन्तर्गत सिजी लाइफसेलले बिहीबार बिप एप सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

यो एपमार्फत स्मार्टफोन प्रयोगकर्ताले एकैपटकमा १० जनाले भिडीयो कल गर्न सक्ने कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए।विश्वभर साढे तीन करोड प्रयोगकर्ता रहेको यो एपबाट भ्वाइसकल, म्यासेज, डकुमेन्ट आदानप्रदान सँगै विनियम दर, मौसम सम्वन्धी जानकारी, समाचार लगायतका बारेमा जानकारी लिनसक्ने प्रवन्ध निर्देशक चौधरीले बताए।

सरकारले घोषणा गरेको 'डिजिटल नेपाल निर्माण'मा योगदान पुर्याउने उदेश्यसहित एप ल्याउएको बताउँदै उनले आम नागरिकलाई सर्वसुलभ सूचना पुर्याउने प्रतिवद्धता जनाए। उनका अनुसार ग्राहकले 'बिप' एप आइओएस र एण्ड्रोइड दुवै प्रकारका मोवाइल अपरेटिङ सिस्टममा चलाउने सक्नेछन्।टर्की, जर्मनी लगायत विभिन्न मुलुकमा प्रयोग गरिँदै आइएको यो एप प्रयोगकर्ताले आफ्नो भाषा अनुसारको सेटिङ मिलाएर चलाउन सक्ने कम्पनीले जनाएको छ।

मोवाइल गेम पारखीले एपमार्फत विभिन्न गेम निशुल्क डाउनलोड गरी खेल्न सक्नेछन्। लोकेशन शेयर र फलो मी लगायत विशेषता भएको यो एप ल्यापटप र डेस्कटपमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एपमा रहेको सर्प्राइज पोइन्टमार्फत सेवाग्राहीले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्। कम्पनीले एपमा डिस्कभरी च्यानल समेत रहेको जनाएको छ।

'नेपालकै लागि भनेर बिपमा डिस्कभरी च्यानल लोकलाइज गरिएको छ। प्रविधीमैत्री युगमा सबैभन्दा ठूलो कुरा भनेकै सूचना सम्प्रेषणनै हो। घरबाट वाहिर निस्किनुअघि ट्राफिक सम्वन्धी जानकारी लिन सक्नेछन्।' उनले भने। एपबाटै लाइभ स्पोर्ट्स पनि हेर्न सकिने बताउँदै उनले छिट्टै मोबाइल सेवा समेत संचालनमा ल्याउने जानकारी दिए।