सिजीले ल्यायो “नयाँ वर्ष, नयाँ प्रविधि” स्किम, क्यासब्याक पनि, यस्तो छ वारेन्टी

बिजमाण्डू
२०७५ चैत्र १८ गते १३:२५ | Apr 1, 2019
सिजीले ल्यायो “नयाँ वर्ष, नयाँ प्रविधि” स्किम, क्यासब्याक पनि, यस्तो छ वारेन्टी

काठमाडौं। सिजीले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ। 

Tata
GBIME
Nepal Life

यो उपहार योजनाअन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी उपलब्ध हुने छ। २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यास ब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने छन्। 

यो योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सकिन्छ। सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन्। 

सिजी ब्राण्डका विभिन्न वाशिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरि फायर प्राप्त गर्नु हुनेछ। यसैगरी सिजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ।