ह्वावेको तीन नयाँ सेट बजारमा, एक लाख १९ हजार ९०० रुपैयाँसम्म पर्ने, फाइनान्सको सुविधा




काठमाडौं। ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ। ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरिएको हो। 

नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको ब्रिक्री चैत्र २९ बाट सुरू हुँदैछ।
Sunrise Bank
Sipradee


ह्वावे पी ३० प्रोको मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ। ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ। अग्रीम बुकिङ भने चैत्र २७ बुधबारसम्म गर्न सकिनेछ।

ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ।

ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ। 

Share this Story

   

ह्वावेको तीन नयाँ सेट बजारमा, एक लाख १९ हजार ९०० रुपैयाँसम्म पर्ने, फाइनान्सको सुविधा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.