नयाँ बर्षमा हुन्डाइका गाडीमा ‘डिलाइट स्किम’, ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस

बिजमाण्डू
२०७५ चैत्र २५ गते १२:३३ | Apr 8, 2019
नयाँ बर्षमा हुन्डाइका गाडीमा ‘डिलाइट स्किम’, ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस


काठमाडौं। हुण्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ बर्ष लक्षित स्किम ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले हुण्डाई न्यू इयर डिलाइट स्किम ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले नगद छुट प्राप्त गर्न सक्नेछन्। 

५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १५ हजार रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। 

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टीसहित उपलब्ध छन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ।