माछापुच्छ्रे बैंकसहित टाइम्स र एएमभीबीच 'रेमिटएप' सम्झौता, १० हजार ठाउँबाट भुक्तानी




काठमाडौं। माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच रेमिटेन्स सेवा सम्वन्धि समझदारी भएको छ। विदेशबाट रेमिटेन्स पठाउने नेपालीहरुका साथै बैंकका ग्राहकलगायत सम्पूर्णका लागि त्रिपक्षीय समझदारी भएको हो।

समझदारीसँगै 'रेमिटएप' सेवा सुरु भएको छ। यसबाट अनलाइन, मर्चेन्ट भुक्तानीलगायतका सेवा 'इन्डिकृप्टेड भर्चुअल मनि कार्ड' मार्फत गर्न सकिने बैंकले जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरेर नयाँ सेवाका बारेमा जानकारी दिइएको हो।
Sunrise Bank
Sipradee


अहिले रेमिटेन्स पठाउने माध्यमहरुबाट बढि समय र खर्च लाग्ने गरेको भन्दै यसबाट आफ्नो खाता वा वालेटमा एकैछिनमा पैसा आउने विज्ञप्तिमा उल्लेख छ। नेपालका १० हजार स्थानबाट रकम झिक्न सकिन्छ।

नयाँ सेवाबाट माछापुच्छ्रेका ग्राहक तथा अन्य सर्वसाधारणले लाभ लिनसक्ने विज्ञप्तिमा जनाइएको छ। यसमा स्थानीय रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि छ। बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा रकम पठाउन सकिन्छ। 

Share this Story

   

माछापुच्छ्रे बैंकसहित टाइम्स र एएमभीबीच 'रेमिटएप' सम्झौता, १० हजार ठाउँबाट भुक्तानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.