केटिएम बाइकको बिक्रेता हसन्सराज हुलासचन्दको नयाँ बर्षमा स्किम, “थ्रिल विटआउट द बिल” अफर

बिजमाण्डू
२०७५ चैत्र २६ गते १३:१५ | Apr 9, 2019
केटिएम बाइकको बिक्रेता हसन्सराज हुलासचन्दको नयाँ बर्षमा स्किम, “थ्रिल विटआउट द बिल” अफर

काठमाडौं। केटिएमको बिक्रेता हन्सराज हुलासचन्द प्रालिले नयाँ वर्षको अवसरमा “थ्रिल विटआउट द बिल” अफर ल्याएको छ। यो अफर प्रिमियम बाइकको नयाँ खरिदकर्ताहरुका लागि लागू गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपालमै प्रिमियम सेग्मेन्टको मोटरसाइकलहरुमा सबैभन्दा धेरै बिक्री हुने केटिएमले पार्टपुर्जामा २ वर्षको लागि बिना शुल्कको मर्मत–संभार सेवा प्रदान गर्नेछ। अफर अन्तर्गत पार्टपुर्जा, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज निशुल्क हुने छ।

“थ्रिल विटआउट द बिल” अफरका साथ हन्सराज हुलासचन्द केटिएमले जेन्युन पार्टपुर्जाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुलाई भविष्यको मर्मत–संभारको खर्चलाई पनि न्यून बनाउन मद्दत गरेको विज्ञप्तिमा उल्लेख छ।