नाफा बुक गर्न खोज्दा नेप्से सूचक १० अंकले घट्यो,  ७३ करोडको कारोबार,  एनसिसी बैंकमा सक्रिय 

बिजमाण्डू
२०७५ चैत्र २६ गते १५:३० | Apr 9, 2019

काठमाडौं। लगानीकर्ताले नाफा बुक गर्न खोज्दा मंगलबार शेयर बजार १०.५८ अंकले घटेको छ। गएका दिनमा शेयर बजार लगातार सुधार हुँदै आएको थियो। सुधार भएको बजारमा नाफा बुक गर्न खोज्दा आज सबैभन्दा धेरै बाणिज्य बैंकहरुको शेयर ९.३६ अंकले घटेको छ। 

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकलगायत सम्पुर्ण सूचक तथा उपसूचक नै घटेका छन्। आज सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। कुनै बाणिज्य बैंकसँग मर्जरमा जाने हल्लाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयरमा अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। 

०.८९ प्रतिशतले बजार घट्दा नेप्से सूचक ११८१.१० विन्दुमा ओर्लेको छ। एनसिसी बैंकको शेयरमा लगानीकर्ताको सहभागिता बढ्दै आएको छ। आजको कारोबारमा एनसिसी बैंकको मात्रै ८७ हजार कित्ता शेयर आपुर्तितर्फ छ भने मागतर्फ ९३ हजार कित्ता छ।

एनसिसी बैंक

एकै पटक ठूलो ठूलो कित्ताको कारोबारले सक्रिय देखिएको एनसिसी बैंकको मूल्य आज भने तीन रुपैयाँले घटेको छ। यसले पनि आजको कारोबारमा लगानीकर्ताले नाफा बुक गर्न खोजेको देखिन्छ। 

नेको
बजारमा अझै पनि लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा थोरै भएको नाफा पनि बुक गर्न लाग्दा बढ्ने घटेको हो। सोमबार बजार ९.३२ अंकले बजार सुधार हुँदा कारोबार रकम ९० करोड रुपैयाँ नाघेको थियो। आजको बजार खुलेदेखि नै घट्न थालेको थियो। तर दिउँसो एक पटक बजार सुधार हुँदा कारोबार रकम पनि सुधार भएको हो।